दफा १३
उद्योग बन्द गरेमा जानकारी दिनुपर्ने
यस ऐन बमोजिम दर्ता भएको उद्योग उद्योगीले कुनै कारणले बन्द गरेमा वा उद्योगको व्यावसायिक उत्पादन वा कारोबार स्थगन गरेमा त्यसरी बन्द वा स्थगन गरेको मितिले सात दिनभित्र त्यसको जानकारी उद्योग दर्ता गर्ने निकायलाई तोकिए बमोजिम दिनु पर्नेछ ।